Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, कांग्रेसका लुइँटेल ५ मतले पराजित


काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ । यद्यपि अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् ।

तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट