Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गतका १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

सबैभन्दा अन्तिममा संखुवासभा निर्वाचन क्षेत्रको मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो। उक्त क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गरेका छन्।

उम्मेदवारी खारेजको विषयलाई लिएर विवादित बनेको धनुषा–१ मा भने आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषित गर्दै प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेज गरिएपछि रास्वपाका उम्मेदवार भने न्यायको माग गर्दै अदालत पुगेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भए । २७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो ।

समानुपातिक तर्फको एक करोड मत गणना भइसकेको छ । समानुपातिकमा पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट