Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना, ४९ लाख ८७ हजारमतसहित रास्वपा अग्रस्थानमा


काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ३ लाख ९७ हजार ६ सय ८१ मतगणना भएको छ ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ८७ हजार ७ सय ७ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ९१ हजार ७६ नेकपा (एमाले) ले १४ लाख ७ हजार ९ सय २३, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ३ सय ९२, श्रम संस्कृति पार्टीले ३ लाख ५५ हजार ७ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ५१ मत प्राप्त गरेको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट