रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्।
लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका हुन्।
चितवन – २ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।
जसअन्तर्गत मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्रा सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा ईन्धन खर्च २ लाख ९५ हजार , मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ।
त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी भेला गर्दा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया