Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

 फ्याटको मात्रा मापदण्ड भन्दा कम भेटिएपछि सिताराम दूधको वितरण रोक्का


काठमाडौं । दूधमा चिल्लो पदार्थको मात्रा(फ्याट) को मात्रा मापदण्ड भन्दा कम भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दुध रोक्का गरेको छ।

अनुगमनका क्रममा उद्योगमा रहेको लगबुकमा दूधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनुपर्ने मापदण्डको सट्टा १.४ प्रतिशत मात्र पाइएको छ।

सोही ब्याच (उत्पादन मिति, २०८२-१२-०२, व्याच नंस् २८६१०) को दूधलाई उद्योगको प्रयोगशालामा परीक्षण गर्दा पनि चिल्लो पदार्थको मात्रा न्यूनतम अनिवार्य मापदण्डभन्दा कम पाइएको पुष्टि भएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ अनुसार, उत्पादन भई बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको ५१९ केट (प्रत्येक ५०० मिलि × २० पोका प्रति क्रेट) प्रशोधित दुधलाई रोक्का राखिएको छ। थप अनुसन्धानका लागि प्रयोगशालामा नमुना सङ्कलन गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट