पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलद्वारा उत्कृष्ट सेवा
काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल काठमाडौंको सोह्रखुट्टे (नयाँबजार) मा अवस्थित छ । यसले लामो समयदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यो सन् १९९७ मा स्थापित नेपालकै पहिलो डेन्टल कलेज हो ।
पिपल्स हेन्टल कलेज एण्ड हस्पिटलको त्रिभुवन विश्वविद्यालय (TU) सँग सम्बन्धन प्राप्त छ । यसले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त विशेषताः दन्त चिकित्सा शिक्षाका साथै पूर्ण अस्पताल सेवाहरू प्रदान गर्ने नेपालको पहिलो निजी डेन्टल कलेजले निम्न सेवा र सुविधाहरू दिदै आएको छ । यस संस्थाले डेन्टल र जनरल दुवै प्रकारका स्वास्थ्य सेवाहरू प्रदान गर्दछ ।
डेन्टल सेवाहरूः दाँत भर्ने, निकाल्ने, सफा गर्ने र अन्य जटिल शल्यक्रियाहरू गर्दछ । यसले दन्त उपचार बाहेक फिजियोलोजी, सर्जरी, पेडियाट्रिक्स लगायतका जनरल सेवाहरू पनि प्रदान गर्छ।
केही वर्ष पहिले नै पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले दन्त परीक्षणमा निःशुल्क र अन्य सेवामा विशेष छुट पाउन सक्छन् ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया