Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

वनमा डढेलो लगाएको आरोपमा पर्वतबाट दुई जना पक्राउ


पर्वत, २ फागुन । सामुदायिक वनमा डढेलो लगाएको आरोपमा पर्वतबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका १४ बगाल थोकस्थित ठूलढुंगा सामुदायिक वनमा डढेलो लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल छन्। उनीहरुले सामुदायिक वनमा डढेलो लगाएको सूचनाका आधारमा खोजतलास गरेर पक्राउ गरिएको प्रहरीको भनाई छ।

पक्राउपछि पौडेलद्यलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ। कसैले वन जंगलमा डढेलो लगाएको जानकारी पाए तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा वा १०० नम्बरमा फोन गरेर जानकारी गराउँन पनि प्रहरीले अनुरोध गरेको छ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट