Techie IT
Samayabaddha
शनिबार, २ साउन, २०८३

मन्त्रिपरिषद् बैठक : काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि जग्गा प्राप्ति गर्न स्वीकृति


काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेश द्रुतमार्ग अर्थात् ‘फास्ट ट्र्याक’ आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि झन्डै ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा झन्डै पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने निर्णय पनि गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने सञ्चारमन्त्री गुरुङले बताए ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट