Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

महोत्तरीको मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास घुस सहित पक्राउ


काठमाडौँ, २८ फागुन । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दास सहित लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज मुन्नु कुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरी थप कारबाही अगाडी बढाएको जनाएको छ ।


क्याटेगोरी : पालिका, प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट