Techie IT
Samayabaddha
शुक्रबार, १२ असार, २०८३

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सहयोग नगर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकामा व्यक्ति तोकेर सहयोग नगर्ने निर्णय गरेको छ। पार्टी सांसद तथा केन्द्रीय नेता शिशिर खनालका अनुसार स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएपनि सबै उम्मेदवार योग्य भएकाले पार्टी कसैप्रति खुल्न नचाहेको हो ।

त्यसैले कीर्तिपुरमा पार्टीप्रति आस्थावान् नेता कार्यकर्तालाई उपयुक्त पात्र को हुनसक्छ आफ्नो इच्छा अनुसार मतदान गर्न खुल्ला छोडिएको उनले जानकारी दिए ।

‘योग्य मध्ये एक जनालाई आफुखुसी मत दिन हामीले खुल्ला छाड्ने निर्णय गरेका छौँ‚’ उनले भने‚ ‘कीर्तिपुरमा मात्र होइन देशभर हाम्रा उम्मेदवार नभएको स्थानमा साथीहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न सक्नुहुन्छ ।’

यहीँ मङ्सिर १६ गते हुने उपनिर्वाचनमा रास्वपाले कीर्तिपुर लगायत देशका अन्य केही स्थानीय तहमा उम्मेदवार उठाएको छैन ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट