Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

संविधान भन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गरौँ : समीक्षा बाँस्कोटा


काठमाडौं, २७ माघ ।  विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएका छिन् ।

आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले ठूला राजनीतिक दलहरूमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताइन्।

उनले ठूला राजनीतिक दलहरूमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरू रहेको समेत आरोप लगाइन्। उनले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गरिन्। उनले दलको नेतृत्वमा बस्नेहरूले सयौं वर्षसम्म हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताइन्।

साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने उनको भनाइ छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट