Techie IT
Samayabaddha
आईतबार, १३ वैशाख, २०८३

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश पारित


काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश पारित भएको छ। बुधबारको बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो।

त्यसअघि रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृत होस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसका मुख्य तीन कारण सुनाउँदै उनले भने, ‘प्रक्रियागत त्रुटि, शासकीय अवैधता र संस्थागत अनुत्तरदायित्व।’

अध्यादेश स्वीकृत हुन नहुने पक्षमा अन्य विपक्षी दलहरूले पनि मत व्यक्त गरे। त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णु पौडेलले दिए। अर्थमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सांसद वाग्लेले विरोधको सूचना फिर्ता नलिने अडान राखेपछि निर्णयार्थ प्रस्तुत गरिए पनि बहुमतबाट अस्वीकृत भयो।

विरोधको सूचना अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि बहुमतबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत भएको हो।


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट