Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

नेपाल बार एसोसिएसनको मतदान सम्पन्न


काठमाडौँ, २३ नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

महासचिवमा वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन्। निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ।

मतदानका लागि काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्र रहेका छन्। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ। यस केन्द्रमा करिब छ हजार मतदाता रहेका छन्।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट