Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

सरकार ढल्छ भनेर हल्ला गर्नेहरु खत्रक्कै भए : ओली


काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर हल्ला गर्नेहरु खत्र्यक्कै भएको टिप्पणी गरेका छन्।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो हल्ला गर्नेहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि खत्रक्कै भएको उल्लेख गरे।

‘शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गरेर पुर्पुरामा हात लगाएर बसे हल्ला गर्नेहरु विचराहरु,’ ओलीको भनाई छ, ‘त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्क्कै हुँदारहेछन्। थुचुक्कै।’

देउवा आउनुभन्दा पहिले सरकार ढल्छ भनेर आगै बाल्न खोजको टिप्पणी मेत ओलीले गरे। ‘हिजोसम्म आगै बाल्न खोजेका थिए,’ उनले भने, ‘शेरबहादुर देउवाजी फर्केर आउने बित्तिकै सरकार ढल्छ भनेर आर्लने बित्तिकै ढलिहाल्छ कि जस्तो पारेका थिए।’

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट