सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १२ वैशाख । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया